भारतको सिम्लामा बस दुर्घटना, दुई नेपालीको मृत्यु

नवलपुर टुडे


सिम्ला, असार ७ । भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली परेका छन् ।
हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (एचआरटीसी)को सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह भएको जनाइएको छ ।
चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको होे । सो बस जुबल सब स्टेसन सिम्लामा दुर्घटनामा परेको थियो । बिहान ६.४५ बजे भएको सो दुर्घटनामा परेको बसमा चालक र सहचालकबाहेक पाँच यात्रु भएको एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरले जनाएका छन् ।
सो बस कुडडुबाट गिल्टारी गाउँतर्फ जान लाग्दा दुर्घटनामा परेको थियो । सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेकोे जनाइएको छ । हिन्दुस्तान टाइम्स

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















