Opens in a new tab

मधेस प्रदेशको नीति आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त

नवलपुर टुडे

29Shares
dida bag ad

जनकपुरधाम, असार ६ । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त भएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई आज उपाध्यक्ष नियुक्त गरेका हुन्। उनी जनमत पार्टी निकट मानिन्छन्। साह करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका छन्। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट उनले स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका हुन्।

युनेस्कोका लागि नेपालका लागि विज्ञान सम्बन्धी  रिपोर्ट लेखेका उनले साढे ६ वर्ष मार्टिन चौतारीमा काम गरेका थिए। पैदल अनुसन्धान किताबका सम्पादक साह गत वर्ष मधेस प्रदेशको आर्थिक सर्वेक्षण समेत गरेका थिए। उनी तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए।

तर जनमत पार्टीसँग टसल परेपछि मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई अचानक बर्खास्त गरिदिएका थिए।