क्रिकेटर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्ड वरियतामा छैटौं स्थानमा उक्लिए


काठमाडौँ, असार ५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० क्रिकटको अलराउन्डरतर्फ विश्वकै छैटौं वरियतामा उक्लिनुभएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको वरियतामा तीन स्थान सुधार गर्दै ऐरी छैटौं स्थानमा पुग्नुभएको हो।उहाँ भारतका अलराउन्डर हार्दिक पाण्डेय, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अलीलाई पछि पार्दै छैटौं स्थानमा उक्लिनुभएको हो।
यो नेपाली खेलाडी पुगेको उच्च वरियता हो।उहाँ यसअघि ९ औं स्थानमा हुनुहुन्थ्यो।जारी विश्वकपमा अलराउन्डर ऐरीले तीन खेलमा ६ विकेट लिनुभएका ऐरीले ब्याटिङतर्फ २६ रन मात्र बनाउनुभएको थियो।
अलराउन्ड सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा हुनुहुन्छ भने श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका सकिब अल हसन तेस्रो स्थानमा हुनुहुन्छ।चौथो स्थानमा जिम्बाबेका सिकन्दर रजा हुनुहुन्छ।
























