६ किलो सुन र नगदसहित पक्राउ परेका व्यक्तिसँग नेपाली नागरिकता

नवलपुर टुडे


काठमाडौं, असार ३ । किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार एक चिनियाँ नागरिक बताउने व्यक्तिलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।
सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गरिरहेको थियो। सोही क्रममा सिआइबीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरूङलाई पक्राउ गरेको हो।
उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो। बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ। प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















