उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

रासस
29


जलेश्वर, असार १ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।”
समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताउनुभयो ।
उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिनुभयो ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा
२०८३ मंसिर १ | मध्यान्ह ०७:०८ बजे

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य
२०८३ मंसिर १ | मध्यान्ह ०७:०८ बजे

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि
२०८३ मंसिर १ | मध्यान्ह ०६:०८ बजे

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र
२०८३ मंसिर १ | मध्यान्ह ०५:०८ बजे

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
२०८३ मंसिर १ | मध्यान्ह ०५:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार
२०८३ मंसिर १ | मध्यान्ह ०५:०८ बजे

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने
२०८३ मंसिर १ | मध्यान्ह ०३:०८ बजे

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन
२०८३ मंसिर १ | मध्यान्ह ०३:०८ बजे

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
२०८३ मंसिर १ | मध्यान्ह ०३:०८ बजे












