भरतपुरमा भित्रन्छ करिब १२ अर्ब रेमिट्यान्स


चितवन । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार भन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रने गरेको छ ।
सामी कार्यक्रम हेल्भेटास ९नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था०की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औषतमा मासिक रु ३२ हजार छ सय ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन् । आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको छ ।
वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब रु १२ अर्ब विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलको भनाइ छ । उनका अनुसार १३ प्रतिशतले बचत, छ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरिद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेका पाइएको छ ।
विदशेबाट फर्केर आएका दुई हजार दुई सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै आठ हजार नौ सय ५९ जनाले केही नगरी बसेको पाइएको छ। एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएका छन् ।
विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार तीन सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलको भनाइ छ ।
छयानब्बे हजार पाँच सय ९१ घर रहेको भरतपुरमा ३४ हजार पाँच सय आठ घरबाट ४१ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल ३० हजार पाँच सय ५५ विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् ।























