राजनीति

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन

नवलपुर टुडे
२०८१ जेष्ठ ३० | मध्यान्ह ०१:०२ बजे

जनकपुर । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् ।

आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताए । 

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

कमेन्टहरु