रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित

नवलपुर टुडे


न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।
भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे ।
खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।
कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए ।
अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो ।
पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । ४ ओभर बलिङ गर्दै शाहले २१ रन मात्र खर्चिए । त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















