मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

नवलपुर टुडे


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए ।
जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए । आज विश्वासको मत नलिए उनी स्वत: पदमुक्त हुने थिए । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















