अपराध

भक्तपुरबाट शंकास्पद ६९ लाख नगदसहित ४ चिनियाँ नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २३ | मध्यान्ह ०७:०२ बजे
काठमाडौँ । भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दिउँसो १२:३० बजेको समयमा भक्तपुर सूर्यविनायक नगरपालिका-१०, भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी जाँच गर्ने क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार नगदसहित ४ चिनियाँ पक्राउ परेका हुन्। उनीहरूई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

ती चारै जना चिनियाँ काठमाडौँमा बस्दै आएको पाइएको छ। ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ सियालिन, २४ वर्षीय क्युओ होरान र ३६ वर्षीय देना लियु छन्।

कमेन्टहरु