मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

नवलपुर टुडे


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन्।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।
विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले यही कार्यकालमा यसअघि द्वार पटक विश्वासको मत लिइसकेका छन् । यसपटक मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ।
यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन्। सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















