कपिलवस्तुमा गर्मीले सन्धिखर्क अर्घाका एकको मृत्यु

नवलपुर टुडे


कपिलवस्तु, जेठ १९ । कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको मृत्यु गएको छ। बुद्धभूमि नगरपालिका- १ कपासीमा एक जनाको मृत्यु गएको हो। जिल्लाको ईमिलियाबाट आफ्नो छोरीलाई भेटेर फर्किने क्रममा सन्धिखर्क नगरपालिका ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न घरबाट निस्किएका थिए। जेठ १७ गते साँझ साढे ६ बजे तिर उहाँ कपसीको कडेँल टोलमा मृत अवस्थामा फेला पर्नुभएको हो। बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिनुभयो। शुक्रबार मात्र उहाँको पहिचान खुलेको थियो।
इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको बताउनुभयो। मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने उहाँको भनाइ छ।
मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाको अवस्था राम्रै रहेको बताउनुभयो। एक सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण जिल्लाका पालिकाले विद्यालय बिदा गरेका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















