खेलकुद

टी–२० विश्वकप क्रिकेट: नेपाल र अमेरिकाबीचको खेल रद्द

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | बिहान ०६:०२ बजे

काठमाडौं, जेठ १८ । आइसिसि टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अघिको नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ। नेपाली समय अनुसार बिहीवार राति ९ः४५ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो। टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो।

टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने भएको थियो। तर वर्षा नरोकिएपछि खेल रद्द भयो। वार्म अपको पहिलो खेलमा नेपाल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो।

त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो।

कमेन्टहरु