कास्कीमा बस दुर्घटना आठ जना घाइते

नवलपुर टुडे


कास्की, जेठ १७ । काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ४ बजे बा५ख २८५ नम्बरको बस लेवाडेमा सडकको दायाँ साईडतर्फ नालामा पल्टिएको हो । बसमा सवार १३ जनामध्ये आठ जना घाइते भएका छन् ।
बसका चालक पर्वतको जलजला गाउँपालिका वडा नं.८ बस्ने वर्ष ३६ का बलबहादुर फगामी मगरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी र सोही जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ निस्कोटका ४५ वर्षीय प्रेम पुनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मालिका वडा नम्बर ८ का ५७ वर्षीय तिलक शर्मा र दरबाङ बस्ने वर्ष १५ की सबिता श्रीपालीलाई पनि उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा घाइते दरबाङ बस्ने वर्ष १७ का भीमसेन अधिकारीको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । मंगला गाउँपालिका १ सिमह बस्ने वर्ष ५७ की हरि केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















