भारतमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

नवलपुर टुडे


उत्तर प्रदेश, जेठ १३ । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् ।
प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको थियो । शाह जहानपुरका एसएसपी अशोक कुमार मीनाका अनुसार बसमा ट्रक ठोक्किँदा बसमा सवार धेरैजना फसेका थिए ।
एसएसपीका अनुसार बसमा श्रद्धालुहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा नै बसिरहेका थिए । त्यति नै बेला गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्किएको थियो ।
घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा हुन् । -बीबीसी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















