कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

नवलपुर टुडे


कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३, महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जीतपुरबाट तौलिहवातिर आउँदै गर्दा लु ४४ प १३१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५, गडवाका २३ वर्षे कुमार थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडि बसेका थिए । उनको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचार हुँदा-हुँदै दिउँसो मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले बताए ।
यस्तै, मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षे निरकुमार थारु गम्भीर घाइते भएका छन् । उनको कपिलवस्तु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुबै जना इँटा उद्योगमा काम गर्ने मजदुर भएको बताइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















