राजनीति

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक जेठ १३ मा बस्ने

नवलपुर टुडे
२०८१ जेष्ठ ११ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ, जेठ ११ । प्रतिपक्षी दलहरूको अवरोधपछि आज बस्न लागेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

निर्धारित समयभन्दा झन्डै डेढ घन्टा ढिलोगरी सुरु भएको बैठकमा प्रतिपक्षी कांग्रेससहितका प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल गर्ने कार्यसूची रहेको थियो । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने सभामुख घिमिरेले जानकारी गराएका छन् । 

कमेन्टहरु