पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको पेसी आज

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा आजलाई पेसी तोकिएको छ। मंगलबार ‘हेर्दा हेर्दै’मा परेको मुद्दामा आजलाई पेसी तोकिएको हो।
यही जेठ १ गतेदेखि नै सर्वोच्च अदालतका न्यायाधीशद्वय: विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा ‘हेर्दा हेर्दै’मा राखिएको उक्त मुद्दामा आज पेसी तोकिएको हो।
२०५९ सालमा अनुसन्धान थालेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको विगो कायम गरी मुद्दा दायर भएको थियो।
जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप उनकी पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाई दिएको थियो।
त्यसविरुद्ध अख्तियार र जोशी दुवैले ०६९ सालमा सर्वोच्चमा रिट दायर गरेकोमा सर्वोच्चले ०७० भदौ १२ मा विपक्षी झिकाउने आदेश गरेका थियो। त्यसपछि ब्युँतिएको जोशीको मुद्दामा झन्डै ११ वर्षपछि नियमित सुनुवाइ अघि बढेको हो।
जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला अब न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले नै गर्नेछ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















