गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आजलाई पेसी

नवलपुर टुडे


काठमाडौं । गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । हिजो ‘हेर्दा हेर्दै’मा परेको रिटको पेसी आजलाई तोकिएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको हो । बुधबार (आज)का लागि पेसी तोकिएको उक्त मुद्दा अब न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासले नै फैसला गर्ने गरी अघि बढेको छ ।
गएको वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । त्यसविरुद्ध पाण्डेले वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि वैशाख २८ मा सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरी मुख्यमन्त्री खगराज अधिकारीलाई कामचलाउ बनाइदिएको थियो ।
संविधानअनुसार, विश्वासको मत अर्थात् विश्वासको मत माग्ने प्रस्तावमा सभाको बहुमत नपाएपछि स्वतः पदमुक्त हुने व्यवस्था भए पनि सर्वोच्चकै न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासको फैसलाअनुरुप विश्वासको मत लिएको देखिएको भन्दै सर्वोच्चले पूर्ण सुनुवाइका लागि त्यो विषय छोडिदिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















