पशुपतिनाथको भेटी चोर्ने पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ ८ | बिहान ०६:०२ बजे

काठमाडौँ, जेठ ८ । पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले चढाएको भेटी गन्ने क्रममा चोरी गर्ने आठ जना पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारी पक्राउ परे पनि नाम खुलेको छैन ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार मन्दिर परिसरको सिसिटिभी निरन्तर निगरानी गर्दा मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।























