बुटवलमा ‘मर्निङ वाक’मा निस्किएका तीन जनालाई एम्बुलेन्सको ठक्कर, एकको मृत्यु, दुई गम्भीर घाइते

नवलपुर टुडे


बुटवल, जेठ ६ । रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लू १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए । ‘जेब्रा क्रसिङ नेर बाटो क्रस गर्दा हानेको जस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी पण्डितले भने । घाइतेहरूको स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए ।
घटना बिहान साढे ५ बजेको हो । दुर्घटनाका घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















