राजनीति

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नवलपुर टुडे
२०८१ जेष्ठ ४ | बिहान ०८:०२ बजे
फाइल तस्बिर

काठमाडाैं, जेठ ४ । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ ।

कमेन्टहरु