खेलकुद

आईसिसी टी–२० विश्वकप अघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

नवलपुर टुडे
२०८१ जेष्ठ ४ | बिहान ०६:०२ बजे

काठमाडौं, जेठ ४- आईसिसी टी–२० विश्वकप अघि नेपालले अमेरिका र क्यानडासँग खेल्ने अभ्यास खेलको तालिका सार्वजनिक भएको छ। नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध अभ्यास खेल खेल्ने भएको हो।

नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ। नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ। नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ।

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको बिहीवार दोस्रो अभ्यास खेल खेलेको छ। दोस्रो खेलमा पनि नेपालले जित निकालेको छ। सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ।

कमेन्टहरु