गुल्मीमा बस दुर्घटना १३ घाइते

नवलपुर टुडे


गुल्मी, वैशाख ३ । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिहीबार पोखरादेखि तम्घासतर्फ आउँदै गरेको गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । उक्त बसमा १३ जना यात्रुहरू सवार रहेका थिए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन । घाइतेमध्ये १२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको उहाँले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















