अनलाइन सट्टेबाजीमा दुई अर्ब एक करोड अवैध कारोबार गर्ने पक्राउ

नवलपुर टुडे


काठमाडौँ, वैशाख ३१ । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगाना छन् । सोमबार पत्रकार सम्मेलन गरी ढुंगानालाई सार्वजनिक गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुंगानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताउनुभयो ।
११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उहाँले दिनुभयो । त्यस्तै, १५ वटा वालेटहरु प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।
उहाँले पक्राउ गरिएको ढुंगानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















