केन्द्र सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र यादव

नवलपुर टुडे


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ । सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आइतबार मधेस प्रदेश सरकारबाट बाहिरिएका छन् ।
त्यससँगै जसपा, नेपालले पनि केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको हो । उक्त पार्टीको सोमबार (भोलि) केन्द्रीय समितिको बैठक बोलाइएको छ । सोही बैठकमा सरकारबाट बाहिरिने निर्णय लिइने एक नेताले बताए ।
जसपा, नेपालका प्रवक्ता मनीष सुमनले भने पछिल्लो राजनीतिक परिस्थितिका विषयमा बैठकबाट निर्णय लिइने जानकारी दिए । “भोलि केन्द्रीय समितिको बैठक बस्दै छ,” उनले भने, “अब कसरी अघि बढ्ने भन्ने भोलिको बैठकले निर्णय गर्नेछ ।” जसपा, नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री र दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री छन् ।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
















