राजनीति

सभामुख घिमिरेले बोलाए दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक

नवलपुर टुडे
२०८१ बैशाख ३० | बिहान ११:०१ बजे

काठमाडौं, वैशाख ३० । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् । 

नीति तथा कार्यक्रमको तयारीबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गर्न सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा प्रमुख राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका हुन् ।

छलफल दिउँसो २ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुने उनको नीजि सचिवालयले जनाएको छ । सरकारले जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । २८ गतेदेखि सुरू भएको संसदको बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने हुन्छ ।

तर सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समिति बन्नुपर्ने माग राखेर संसद अबरोध गरिरहेको छ ।  

कमेन्टहरु