भन्सार छलेका सामानसहित ३ कन्टेनर नियन्त्रणमा

नवलपुर टुडे


चितवन, वैशाख २९ । चितवनमा बिल विजक भन्दाबढी सामान बोकेका तीन कन्टेनर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका सामानहरू लोड गरी पूर्वबाट चितवनतर्फ आउँदै गरेका ना ३ ख ४३४२, बाप्र ०१–००६ ख ३८२८ र ना ६ ख ८०३२ नम्बरको कन्टेनरलाई प्रहरीले आज बिहान साढे १२ बजे नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन एवं मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका–१ लोथरबाट कन्टेनरहरु नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
उनका अनुसार बिल बिजक भन्दाबढी करिब एक करोड ३२ लाख ४० हजार ४०३ रुपैयाँको सामान भेटिएको छ । नियन्त्रणमा लिइएको कन्टेनरहरु माथि आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको भण्डारीले जानकारी दिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















