राजनीति

वीरगञ्जका पूर्व मेयर सरावगीद्वारा नेकपा एमालेबाट राजीनामा

नवलपुर टुडे
२०८१ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले बाट राजिनामा दिएका छन्।  पूर्वमेयर सरावगीले पार्टीको केन्द्रीय सल्लाहकारको पदबाट राजीनामा दिएको बताएका छन्।

०७८ सालमा उनी जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी साबिक संघीय समाजवादी फोरम नेपालबाट वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए।

एमालेले उनलाइ ०७९ सालको निर्वाचनमा महानगरको मेयर पदमा उठाएको थियो। उनी राजेशमान सिंह सित पराजित भएका थिए।

442449262 813184790262244 4994189061299272874 n

राजीनामाको कारण बारे सरावगीले पार्टीभित्र हैसियत अनुसारको भूमिका रहने अपेक्षा लिए पनि पार्टीको भूमिकाले राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले राजिनामा दिएको बताए।म सक्रिय राजनीतिमा लागेपछि पार्टी भित्र मेरो हैसियत अनुसारको भूमिका रहने अपेक्षा मैले लिएको थिए।

पार्टीको भूमिकाले मलाई राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले आजैका मिति देखि लागु हुनेगरी नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी राजीनामा गरेको छु। सरावगीले स्वतन्त्र रुपमा जनताको बीचमा गएर काम गर्ने वातावरण बनाउनको लागि पनि अनुरोध राजीनामा पत्रमा गरेका छन्।

कमेन्टहरु