कोसी प्रदेशका मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत

नवलपुर टुडे


विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ ।
सांसदको सनाखत गराउन प्रदेश प्रमुख पर्शुराम खापुङले निर्देशन दिएका थिए ।एमाले–माओवादीका ५२ सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरिरहेका छन् । दुई दलका ५२ सांसदले हस्ताक्षर गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न समर्थन गरेका सांसदलाई परिचय पत्रसहित उपस्थित गराइ सनाखत गर्न निर्देशन दिएका थिए । दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी कार्कीलाई विश्वासको मत लिन भनेका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















