बुटवलका बैदवार फार्मेसीका सञ्चालक बिक पक्राउ

नवलपुर टुडे


बुटवल, २७ वैशाख । बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक कमलबहादुर बिक रहेका छन् ।
औषधि जस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय बुटवलले सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
पेट दुख्दा खाने औषधि डाईसाकोमिन पृगावलेन जो दुखाई कम गर्न खाने गरिन्छ यी दुई औषधि मिलाएर लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको पाइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले भने लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको बताए ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागुऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको भनाई छ ।
प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ । प्रहरीले केही लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । औषधि ब्यवसायी संघ रूपन्देहीले डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्नु गैरकानुनी रहेको बताएको छ ।
पक्राउ पर्ने फार्मेसी सञ्चालक कमलबहादुर बिक अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















