बाँकेमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलायो

नवलपुर टुडे


बाँके । बाँकेको कोहलपुरमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब साढे १० बजेतिर कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो।
ब्युरो प्रमुख एसएसपी गोबिन्द थपलियाका अनुसार गोली लागेर सुशील परियार घाइते छन्। उनको खुट्टामा गोली लागेको छ। उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ। उनीहरूबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
एसएसपी थपलियाका अनुसार उनीहरूले प्रहरीमाथि हम्मरले प्रहार गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीले गोली प्रहार गरेको हो। ‘हम्मरले प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ एसएसपी थपलियाले भने।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















