कपिलवस्तु पुगेर ओलीले कार्यकर्तालाई इमान्दार बन्न गरेआग्रह

नवलपुर टुडे


कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन् । कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशिल बताए ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी ‘मिसन–८४’ पूरा गर्नु सबैको दायित्व भएको बताए । “यसका लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ,” उनले भने । उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गरेका छन् ।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
















