Opens in a new tab

श्रीलङ्काली राष्ट्रपतिलाई मृत्युदण्ड सुनाइएका थापासहित ३ नेपालीलाई आममाफी दिन राष्ट्रपति पौडेलले पठाए पत्र

नवलपुर टुडे

29Shares
dida bag ad
काठमाडौँ । लामो समयदेखि श्रीलङ्काको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएका छन् । पौडेलले श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई हालै पत्राचार गरेको शीतल निवास सम्बद्ध उच्च स्रोतले मङ्गलवार जानकारी दिएको छ ।

नेपाली नागरिक चेत बहादुर थापा, तेज बहादुर तामाङ र सुक बहादुर तामाङ लामो समयदेखि श्रीलङ्काको जेलमा छन् । उनीहरूलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोग लागेको छ । उनीहरूको सजाय मानवीय आधारमा आममाफीको अनुरोध गर्दै श्रीलङ्काली राष्ट्रपतिलाई पत्र पठाउन मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो ।

‘राष्ट्रपतिबाट पत्र पठाइसकेको छ, श्रीलङ्काली सरकारले के प्रतिक्रिया दियो त्यो चाहिँ सरकारलाई थाहा होला,’ राष्ट्रपति कार्यालयका एक उच्च अधिकृतले भने । उसो त तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ वर्षअघि २०७३ सालमा भारतको गोवामा भएको ब्रिक्स सम्मेलनको क्रममा भएको भेटवार्तामा तत्कालीन श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरसेनासँग मृत्युदण्ड सुनाइएका ललितपुरका थापालगायतको फैसलामा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

लामो समयसम्म नेपालको आग्रह नसुनिएपछि अनुरोध अझ ओजिलो होस् भनेर राष्ट्रपतिबाटै पत्राचार गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

अरुपनि पढ्नुहोस

सबै

आज देशका केही स्थानमा वर्षाको सम्भावना

२०८३ कार्तिक २० | बिहान ०७:०७ बजे

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे