जबरजस्ती करणी मुद्दाका फरार तनहुँ भिमादका आले मगर पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख २५ | मध्यान्ह ०१:०१ बजे

संखुवासभा, बैशाख २५ । जबरजस्ती करणी मुद्दामा तनहुँका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भन्ने अभिमान सिंह आले मगर रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत संखुवासभाले म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा चिनाजान गरी खाँदवारीस्थित एक होटलमा महिलामाथि जबरजस्ती करणी गरी फरार रहेको प्रहरीको आरोप छ । महिलको परिचय गोप्य राखेको छ ।























