अपराध

रौतहटबाट अवैध सालको काठ बरामद

नवलपुर टुडे
२०८१ बैशाख २५ | बिहान ०८:०१ बजे

रौतहट । रौतहटस्थित प्रहरी र वन कार्यालयको टोलीले एक घरमा छापामारी गरेर अवैध सालको काठबाट बनेको झ्यालसहित चिरान काठ बरामद गरेको छ। बरामद काठहरू डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए।

डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहको नेतृत्वमा र सब डिभिजन कार्यालय गैँडाटारका कर्मचारी र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले गैँडाटार टोल स्थित एक घरमा छापामारी सालको तयारी झ्याल ८ थान र फली १४ थान बरामद गरेको हो।

बरामद काठको बजार मूल्य १ लाख २५ हजार बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

कमेन्टहरु