अपराध

सिधाकुरा डटकमका प्रकाशककाे बयानपछि समाचार स्राेत भनिएका राजकुमार तिमल्सिना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख २३ | मध्यान्ह ०७:०१ बजे

काठमाडौं । सिधाकुरा डटकमलाई अडिओ उपलब्ध गराउने भनिएका व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले राजकुमार तिमल्सिनालाई हिरासतमा राखेको हो ।

अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले समाचार स्राेत खुलाएका थिए । तिमल्सिनाले उपलब्ध गराएकाे अडियाेका आधारमा सामग्री प्रकाशन प्रशारण गरेको उनले बताएका छन् ।

कँडेलकाे बयानपछि तिमल्सिनालाई झिकाउने आदेश अदालतले गरेको थियो । कँडेल र कार्यकारी सम्पादक नविन  ढुंगानालाई तारेखमा छाडिएको छ । बयानका क्रममा पनि प्रहरीले उनीहरुलाई भने हिरासतमा लिएको थिएन ।

कमेन्टहरु