खेलकुद

राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीलाई शुभकामना

नवलपुर टुडे
२०८१ बैशाख २२ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको कामना गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिबाट शनिबार विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको  हार्दिक शुभकामना व्यक्त गरिएको राताेपाटीलाई जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने टोलीको बिदाइ गरिसकेको छ । विश्वकप २ जुनदेखि २९ सम्म हुनेछ ।

कमेन्टहरु