म्याग्दी नदीमा जलयात्रा

नवलपुर टुडे


म्याग्दी (दरबाङ), वैशाख २१ । म्याग्दी नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–७ स्थित म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थल हुँदै मालढुङ्गासम्म छोटो प्याकेजको जलयात्रा सुरु गरिएको हो ।
र्याफ्टिङ रनर नामक कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताउनुभयो । गाइड रानामगरले भन्नुभयो, “नदी आसपासमा निर्माणाधीन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ ।” म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारीसमेत गरेको बताउनुभयो ।
बेनी नगरपालिका–६ र ७ वडाभित्रका केही ठाउँमा समस्या भए पनि पहिलो पटक जलयत्रामा निस्किएका पर्यटकले आनन्द महसुस गर्ने बताउनुभयो । यसअघि गलेश्वरदेखि म्याग्दी र कालीगण्डकी दोभान आसपासबाट जलयात्रा गराउने गरेको कम्पनीले म्याग्दी खण्डलाई समेत रोज्न थालेका छन् । म्याग्दीबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गर्न सकिने गाइड रानामगरको भनाइ छ ।
यस अगाडि बेनीको कालीपुलस्थित गण्डकी होटलले समेत स्पलास नेपाल एडभेन्चरसँगको सहकार्यमा जलयात्रा सञ्चालन गर्दै आइरहेको छ । म्याग्दी र कालीगण्डकी नदीमा दुर्घटनाको जोखिम कम र पानीको बहाव राम्रो भएकाले पनि बालबालिकादेखि वृद्धवृद्धासम्मले जलयात्रा गर्न सकिन्छ ।
बेनीदेखि मालढुङ्गा, नयाँ पुल हुँदै मिर्मीसम्म पुग्न तीन दिन जलयात्रा गर्नु पर्दछ । र्याफ्टिङको प्रवर्धन गर्न सके आन्तरिक पर्यटकका लागि पर्यटनको ‘हब’ बन्न सक्ने जलयात्राको क्षेत्रमा काम गर्ने प्रतिनिधिको भनाइ छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















