नवलपुर प्रहरीद्वारा ४३ वटा गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा

नवलपुर टुडे


नवलपुर, वैशाख १९ । नवलपुरको गैँडाकोट नगरपालिका- २ स्थित पुलको मुखबाट प्रहरीले ४३ वटा गोरुसहित दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बुटवल-नारायणघाट सडकखण्डमा खटिएको प्रहरी चेकिङ टोलीले कालीगण्डकी करिडोरको बाटो हुँदै गैँडाकोटतर्फ आउँदै गरेको ना ६ ख ६९७ र ना ६ ख २७४९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ६ ख ६९७ नम्बरको ट्रकबाट २१ वटा र ना ६ ख २७४९ नम्बरको ट्रकबाट २२ वटा गोरु बरामद गरि नियन्त्रणमा लिइएको नवलपुर प्रहरी निरीक्षक कमल परियारले जानकारी दिएको छ ।
उक्त गोरुसहितको ट्रकको सुचना दिने पत्रकारहरुलाई प्रहरी निरीक्षक परियारले धन्यवादसमेत दिएको छ । नियन्त्रणमा लिएको गोरुलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन सेन्टर रामनगर चितवन पठाइएको प्रहरी निरीक्षक परियारले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















