खेलकुद

आइसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

नवलपुर टुडे
२०८१ बैशाख १९ | मध्यान्ह ०७:०१ बजे

काठमाडौँ । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आइसीसी टी–२० विश्वकप खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह छन्।

टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ।

१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ। शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ।

438231368 1590570538405602 8002704151731207589 n

कमेन्टहरु