खेलकुद

सय रन नबनाउँदै नेपालका आधा खेलाडी आउट

नवलपुर टुडे
२०८१ बैशाख १९ | मध्यान्ह ०३:०१ बजे

काठमाडाैँ । वेस्टइन्डिज ‘ए’ ले दिएको २ सय २८ रनको उच्च लक्ष्य पछ्याएको नेपाल संकटमा पुगेको छ। नेपालले १ सय रनको आँकडा नछुँदै आफ्ना आधा खेलाडी गुमाएको छ।

लगातार विकेट पतनको सिकार हुने क्रममा नेपालले ९८ रन जोड्दा पाँच खेलाडी गुमायो। शीर्ष अडरका खेलाडी पेभिलियन फर्किएसँगै फराकिलो लक्ष्य पछ्याएको नेपाल फराकिलो हारतर्फ उन्मुख भएको छ।

नेपालका लागि ओपनर विनोद भण्डारी १९ रनमा आउट हुँदा अनील साह १४ रन बनाएर पेभिलियन फर्किएका थिए। त्यस्तै लोकेश बम २८ रन बनाएर आउट हुँदा आरिफ शेख ३ रन तथा कुशल मल्ल २० रनमा पेभिलियन फर्किए। अहले क्रिजमा गुल्सन झा र विवेक यादव छन्।

नेपालको इनिङलाई धरासायि बनाउने क्रममा वेस्टइन्डिजका गुडाकेश मोटाइ र हाइदेन वाल्सले २–२ विकेट लिए। त्यस्तै फावियन एलेनले १ विकेट हात पारे।

त्यसअघि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय २७ रनको उच्च स्कोर बनाएको थियो। वेस्टइन्डिजले जोनसन चार्लेसको अविजित शतकीय इनिङ खेले। चार्लेसले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै आन्द्रे फ्लेचरले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा फावियन एलनले १९ रन बनाए।

त्यस्तै केमो पउलले १३ रन जोड्दा एलिक अथान्जेले १७ रन बनाए। नेपालका कुनैपनि बलर किफायती रहन सकेनन्। करण केसी र सागर ढकालले समान १–१ विकेट लिएका थिए।

कमेन्टहरु