राजनीति

सुहाङको विजय सभामा सहभागी हुन ओली इलाम जाँदै

नवलपुर टुडे
२०८१ बैशाख १८ | बिहान ०९:०१ बजे

काठमाडौँ, वैशाख १८ । इलाम – २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् । 

नेकपा एमालेले मंगलबार दिउँसो १ बजे इलाम बजारमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम जाने लागेका हुन् । विजयी सभा सकेर नव निर्वाचित संघीय सांसद सुहाङ निर्वाचन क्षेत्रका पालिकाका मतदातालाई धन्यवाद प्रकट गर्न स्थानीय तहमा जाने कार्यक्रम छ । 

आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका हुन् । नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाउदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाए । 

 

कमेन्टहरु