डेढ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १४ | मध्यान्ह १२:०१ बजे

काठमाडौँ, वैशाख १४ । काठमाडौँबाट एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
यस विषयमा विस्तृत जानकारी दिनका लागि प्रहरीले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।























