बुटवलबाट बेलहियातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, ९ जना घाईते

नवलपुर टुडे


बुटवल, वैशाख १३ । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन् ।
बुटवलबाट बेलहियाका लागि छुटेको ना २ ख १४१५ नम्बरको यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै अनियन्त्रीत भई आफै पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका – ६ नयामिलका ४४ वर्षीय चोक बहादुर राना सोही ठाउँकै ४१ वर्षीया तारादेवी थापा, सैनामैना नगरपालिका – २ सरौलीका ५८ वर्षीय अमर बहादुर बिक, देवदह नगरपालिका – ४ केरवानिका ५ वर्षीया पुजा चौधरी, तिलोत्तमा नगरपालिका – २ योगिकुटीका २३ वर्षीया सुजता पाण्डे र ४५ वर्षीय बिष्णु प्रसाद भुषाल घाईते भएका छन् ।
त्यसैगरी तिलोत्तमा नगरपालिका नयामिल बस्ने ५० वर्षीया चन्द्रकला भट्टराई, सिद्धार्थनगर नगरपालिका – १ वाईपास बस्ने ४७ वर्षीय कुमारनाथ योगि र सैनामैना नगरपालिका – ७ बस्ने बर्ष ३५ को बर्जंगे सिंह सैतवार घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















