Opens in a new tab

आफै चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु

रासस

29Shares
फाइल तस्बिर
dida bag ad
मकवानपुर, वैशाख १३ । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश ०३–००१त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रहरीले ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका–९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।