काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते

नवलपुर टुडे


धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका-५, मुलाबारीमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइते को प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीनजना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । गाडी घटनास्थलमा नै रहेको छ । रासस

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















