वीरगन्ज आदर्शनगरबाट ५० लाखको भन्सार छलीका सामान बरामद

नवलपुर टुडे


वीरगन्ज । सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका-१० स्थित आदर्शनगरबाट शनिबार ठूलो परिमाणमा भन्सार छली ल्याएको मालबस्तु बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला आदर्शनगरस्थित दुर्गा क्यारियरमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले क्यारियरको ढोका खोली हेर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याई गोदाम गरी राखेको करिब ५० लाख रुपैयाँ बराबरको कपडा, काजु, ग्याँस चुलो, ब्रेड क्रम्स बरामद गरेको छ ।
बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि लागि विरगंज भन्सार कार्यालयमा लगिएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जका प्रमुख डिएसपी देवेन्द्र संहले जानकारी दिए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















