खेलकुद

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै 

नवलपुर टुडे
२०८१ बैशाख ७ | बिहान ०६:०१ बजे

काठमाडौं, वैशाख ७ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ । 

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।

कमेन्टहरु