मधेस प्रदेशमा माओवादीले फेर्यो मन्त्री

नवलपुर टुडे


काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । माआवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो ।
मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग मन्त्रालय पहिलादेखि नै माओवादीले सम्हाल्दै आएको छ । अर्थ मन्त्रालयमा पनि माओवादीले दाबी गरेको छ । माओवादी प्रदेशसभा संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा आफूहरुको दाबी रहेको बताए ।
मन्त्रालयमा टुंगो नलागेसम्म विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने उनले बताए । यस्तै नेकपा एकीकृत समाजवादीले बेची लुगेलीलाई मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीका सांसद रत्नेश्वर गोइतका अनुसार बेची लुगेलीलाई मन्त्री बनाउन औपचारिक निर्णय भने भएको छैन ।
एकीकृत समाजवादीलाई श्रम मन्त्रालय दिने तयारी भएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















